‘बाबुरामलाई मात्र होइन मतदान अधिकृतलाई समेत कारबाही हुन्छ’
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
छाप लगाएकोसमेत देखिनेगरी मतदान गर्दागर्दैका तस्बिरहरू सामाजिक सञ्जालमा राखेर उनले आचारसंहिता विपरीतको काम गरेको भन्दै आयोगले २४ घण्टाभित्र जवाफ दिनू भनेर उनका नाममा पत्रसमेत काटिसकेको छ ।
भट्टराईले शुक्रबार गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण माविको मतदान केन्द्रबाट मतदान गरेपछि तस्बिरहरू सामाजिक सञ्जालमा राखेका हुन् ।
कानूनतः स्वस्तिक छापसहितको मतपत्र सार्वजनिक गर्नेलाई मतदान अधिकृतले घटनास्थलमै १५ हजार जरिवाना तिराउनुपर्ने तर त्यो नगरिएकाले उनीमाथि पनि कारबाही हुनसक्ने आयोगका एक अधिकारीले बताए ।
निर्वाचन आयोगले बाबुरामलाई सोध्यो २४ घण्टे स्पष्टीकरण – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया