कांग्रेस र एमालेले खाता खोलेको मनाङमा २०७४ मा कसले जितेको थियो ?

काठमाडौं । नेकपा एमाले र कांग्रेसले मनाङबाट विजयको खाता खोलेका छन् । एमालेले चामे गाउँपालिका र कांग्रेसले नार्पाभूमि गाउँपालिकामा विजयको खाता खोलेका हुन् ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतगणनामा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर लामा ३०३ मत ल्यायी विजयी भएका हुन् ।
उनले गत निर्वाचमा पनि अध्यक्षमा २१४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ११७ मत ल्याएका थिए ।
त्यस्तै मनाङकै नार्पाभूमि गाउँपालिकामा कांग्रेसका उम्मेदवार कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । गत निर्वाचनमा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका लामाले १५८ मत ल्याइ विजयी भएका थिए ।
उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार कृष्णबहादुर लामाले १११ मत ल्याएका थिए ।
कांग्रेसले खोल्यो जितको खाता, गाउँपालिका अध्यक्षमा लामा विजयी
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया