कांग्रेस र एमालेले खाता खोलेको मनाङमा २०७४ मा कसले जितेको थियो ?
काठमाडौं । नेकपा एमाले र कांग्रेसले मनाङबाट विजयको खाता खोलेका छन् । एमालेले चामे गाउँपालिका र कांग्रेसले नार्पाभूमि गाउँपालिकामा विजयको खाता खोलेका हुन् ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतगणनामा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर लामा ३०३ मत ल्यायी विजयी भएका हुन् ।
उनले गत निर्वाचमा पनि अध्यक्षमा २१४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ११७ मत ल्याएका थिए ।
त्यस्तै मनाङकै नार्पाभूमि गाउँपालिकामा कांग्रेसका उम्मेदवार कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । गत निर्वाचनमा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका लामाले १५८ मत ल्याइ विजयी भएका थिए ।
उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार कृष्णबहादुर लामाले १११ मत ल्याएका थिए ।
कांग्रेसले खोल्यो जितको खाता, गाउँपालिका अध्यक्षमा लामा विजयी
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया