NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

गोविन्दराज जोशीका छोरालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं । तनहुँको ब्यास नगरपालिकामा मतदान अवलोकनका क्रममा कांग्रेस कार्यकर्ताको आक्रमणमा परी घाइते भएका दीपकराज जोशीलाई थप उपचारको लागि काठमाडौं ल्याइने भएको छ ।

ब्यास नगरपालिका–८ स्थित मतदान केन्द्र निरीक्षणका लागि पुगेका उनीमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए । टाउकोमा गहिरो चोट लागेको उनको फिस्टेल अस्पतालमा उपचार भएको थियो ।

थप उपचारको लागि काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा नयाँ बानेश्वरमा ल्याइँदै गरेको उनका बाबु गोविन्दराज जोशीले जानकारी दिएका छन् । नेता रामचन्द्र पौडेलको गृहनगर ब्यास नगरपालिका–८ मा जोशी पिटिएका थिए ।

उनी स्वतन्त्र रूपमा ब्यास नगरपालिकाको मेयरको प्रतिस्पर्धामा छन् । कैंची चुनाव चिह्न पाएका उनलाई एमालेको साथ छ ।

गोविन्दराज जोशी पुत्र दीपकराज तनहुँमा कुटिए (भिडियोसहित)