माधव नेपालको क्षेत्रमा बालेनलाई अत्यधिक मत
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको मुख्य इलाका रहेको काठमाडौं वडा नं ३२ मा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले धेरै मत प्राप्त गरेका छन् ।
वडा न १ र ३२ बाट एकसाथ सुरु भएको मतगणनामा बालेनले ५६८, नेकपा (एमाले)को तर्फका उम्मेदवार केशव स्थापितले ४१५ र कांग्रेसकी सिर्जना सिंहले ३०७ मत प्राप्त गरेका छन् ।
नेता नेपालको निवास ३२ नम्बर वडास्थित कोटेश्वरमा पर्छ । यो वडा उनले संसदीय चुनाव जितेको क्षेत्र नं २ पनि हो । नेपालको बलियो पकड भएको क्षेत्र मानिए पनि बालेनले उक्त क्षेत्रबाट जबरस्त मत ल्याउन सफल भएका छन् ।
काठमाडौंको कोटेश्वर, नरेफाँट, जडीबुटी, पेप्सीकोला र खहरे ३२ नम्बर वडाभित्र पर्छन् । प्रारम्भिक चरणबाटै उक्त वडाको अधिकांश मत बालेनले आफ्नो पोल्टामा पार्दै आएका छन् ।
काठमाडौं महानगरको मतगणना आज बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु भएको हो ।
दीपकराजको टिप्पणी, ‘एमाले र कांग्रेस मिलेका भए बालेनलाई हराउन सक्ने रहेछन्’ – NepalWatch
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया