काठमाडौंमा अग्रता बढाउँदै बालेन, पछि पर्दै गएका स्थापित र सिंहको मत कति ?
काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्रका बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । ३ हजार ६३० मत गणना हुँदा बालेनले ३५८ मतको अग्रता लिएका हुन् ।
एमाले मेयरका उम्मेदवार केशव स्थापितले ८७२ मत प्राप्त गरेका छन् । कांग्रेसकी सिर्जना सिंहले सात सय मत ल्याएकी छन् ।
सुरुदेखि नै काठमाडौंमा बालेनले अग्रता बनाउँदै आएका थिए । यो क्रम अहिलेसम्म एकपटक पनि रोकिएको छैन ।
काठमाडौंमा ३२ वडामध्ये वडामध्ये वडा १, २, ३, ४ र ३२ मा मतगणना भइरहेको छ । पहिले १ र ३२ को भएकोमा पछि २, ३ र ४ को पनि गणना हुन थालेको हो ।
३२ नम्बर वडाबाट बालेनले राम्रो मत बटुलेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया