भरतपुरमा पुनः मतगणना सुरु

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा केहीबेर रोकिएको मतगणना सुरु भएको छ । बदर मतको विषयमा एमालेले विरोध जनाएर निस्केपछि मतगणना अवरुद्ध भएको थियो ।
सर्वदलीय बैठक बसेर सहमति भएपछि मतगणना सुरु भएको हो ।
स्वस्तिक छापका विषयमा विवाद भएपछि मतगणना रोकिएको थियो । वडा नं २ को गणना जारी रहँदा विवाद भएको हो। सूर्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको थियो ।
प्रतिक्रिया