मत बदर गरेपछि भरतपुरमा एमालेको विरोध, मतगणना रोकियो
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकको मतगणना रोकिएको छ ।
स्वस्तिक छापका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो ।
वडा नं. २ को गणना जारी रहँदा विवाद भएको छ । सूर्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेले जनाएको छ ।
पहिला सदर गरेको मतपत्र पछि बदर गरिएको एमालेको आरोप छ ।
अहिले एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसँग कुरा गर्न गएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया