हेटौंडामा पछि पर्यो राप्रपा, एमाले तेस्रोमा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा राप्रपाका उम्मेदवार पछि परेका छन् । यसअघि प्राप्त परिणाममा अग्रता बनाएका राप्रपाका मेयर उम्मेदवारलाई एकीकृत समाजवादीले पछि पारेको हो ।
त्यहाँ अग्रता बनाएकी नेकपा (एकीकृत समाजवादी कि मीना लामाले दुई हजार ३९१ मत प्राप्त गरेकी छन् । राप्रपाका दीपकबहादुर सिंहले हासिल गरेको मत दुई हजार ३४९ छ ।
एमालेका अनन्त पौडेलको पक्षमा खसेको मत संख्या दुई हजार १८२ छ ।
यसैगरी उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले तीन हजा ४७५ मत र अर्का उम्मेदवार एमालेका सुमित्रा काफ्लेले दुई हजार ६९९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया