मतदानस्थलमा माओवादीबाट आफ्ना नेता कुटिएकोमा कांग्रेसद्वारा कारवाहीको माग

काठमाडौं । कांग्रेसले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको मतगणनास्थल घलेभञ्ज्याङमा माओवादीले आफ्नो दलको नेतालाई आक्रमण गरेको भन्दै कारवाहीको माग गरेको छ ।
मतगणनाका क्रममा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) को नेतृत्वको समूहले कांग्रेसका क्षेत्रीय सचिव जगदीश कुइकेल, जगदीश फुयाल, सुवर्ण तामाङ्ग, राजन पाण्डे, सुजन थापा, सुशील थापा, निरज भण्डारी, विजय थापा, प्रभास सुवेदी लगायत दर्जनौं कार्यकर्ताहरुमाथि कुटपिट कांग्रेको भनाई छ ।
कुटपिटबाट गम्भीर घाइते बनाएको घटनाप्रति कांग्रेसको ध्यानाकृष्ट भएको भन्दै कांग्रेसले यस्ता गतिविधि पुनः नदोहोर्याउन चेतावनी दिंदै घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न र घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न सरकारसँग माग गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया