ललितपुरमा एमालेका हरिकृष्णभन्दा झण्डै तेब्बर मतले अगाडि चिरिबाबु

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबुले प्रभावशाली अग्रता बनाएका छन् । पछिल्लो अपडेट अनुसार चिरिबाबुले ४९८५ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८४१ मत मात्रै ल्याएका छन् ।
सुरुवाती मतगणनादेखि नै चिरिबाबुले अग्रता लिंदै बढाउँदै आएका छन् ।
ललितपुरमा २०७४ सालमा पनि हरिकृष्णसँग भिड्दा चिरिबाबु ३२६ मतको साँघुरो अन्तरले जित्न सफल भएका थिए । तर फेरि पनि पराजित
उम्मेदवारलाई उठाएपछि चिरिबाबुले यसपटक सहजै अग्रता बढाउँदै आएका छन् ।
उपमेयरमा भने एमालेकी उम्मेदवार माओवादी उममेदवारभन्दा अगाडि देखिएकी छिन् ।
प्रतिक्रिया