कीर्तिपुरपछि तारकेश्वर पनि कांग्रेसले खोस्यो एमालेबाट
काठमाडौं । कीर्तिपुरमा एमालेको गढ भत्काउँदै जितेको कांग्रेसे काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि जित निकालेको छ ।
तारकेश्वरको मेयरमा एमाले उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका कृष्णहरि महर्जन विजयी भएका हुन् । उपमेयर पनि कांग्रेसले नै जित्यो । विजयी कांग्रेसका महर्जनले ११९८८ मत ल्याए । पराजित एमालेका रामेश्वर बोहराले ७८०८ मत मात्रै प्राप्त गरे ।
कांग्रेसकी सृजना बुर्लाकोटीले १०७८६ मत ल्याएर उपमेयर जितिन् । पराजित एमालेकी भवानी डोटेलले आठ हजार ६ मत मात्रै ल्याइन् ।
२०७४ मा यी दुवै पदमा एमालेले जिते पनि यसपटक कांग्रेसले खोसेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया