विशाल भट्टराईको गृहपालिकामा एमाले परास्त, माओवादीका राई बने अध्यक्ष
खोटाङ । एमाले सचेतक विशाल भट्टराईको गृहपालिकामा नेकपा एमाले परास्त भएको छ । यसअघि एमाले विजयी भएको भट्टराईको गृहपालिका खोटाङको खोटेहाङ गाउँपालिका माओवादीले खोसेको हो ।
यहाँ एमालेतर्फबाट कविता राई र माओवादीबाट उदिमकुमार राई अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका थिए । अन्तिम नतिजामा उदिमले कवितालाई स्तब्ध पारे ।
उदिमले ३ हजार ७२८ मतसहित अध्यक्षमा जित दर्ता गराउँदा कविता ३ हजार ६९० मतमा रोकिइन् । कविता यो गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका रुपेश राईले जिते । राई ३ हजार ७६३ मतका साथ उपाध्यक्षमा विजयी भएका हुन् । उनले प्राप्त गरेको मत उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन बञ्जराले ३ हजार ३१० मत पाए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया