हृदयेश त्रिपाठीको वडामा उनकै नेतृत्वको पार्टी पराजित
![हृदयेश त्रिपाठीको वडामा उनकै नेतृत्वको पार्टी पराजित](http://nepalwatch.com/wp-content/uploads/2022/05/tripathi.jpg)
परासी । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीको पार्टीका उम्मेदवारले उनकै वडामा हार व्यहोर्नु परेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-६ मा त्रिपाठीको पार्टी जनता प्रगतिशीलका उम्मेदवार रामहरि उपाध्याय नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद अधिकारीसँग २ सय ५४ मतान्तरले पराजित भएका छन् ।
पहिलो स्थानीय तह निर्वाचन बहिष्कार गरेका त्रिपाठी यो चुनावमा जनता प्रगतिशील पार्टी जप्रपा दल दर्ता गरेर सहभागी भएका हुन् ।
जप्रपाका उम्मेदवार रामहरिले ५ सय ८९ मत र कांग्रेसका उम्मेदवार केशव प्रसाद अधिकारीले ८ सय ४३ मत ल्याएका हुन् । अहिलेसम्म त्रिपाठीको पार्टीले प्रतापपुरको १ वडा मात्र जितेको छ ।
ताजा अपडेट
-
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया रद्ध
-
साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने
-
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’
-
पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा
-
‘समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ’ (अन्तर्वार्ता)
प्रतिक्रिया