कांग्रेसका बागीले कांग्रेसलाई हराएर जिते चुनाव
काठमाडौं । विपक्षीलाई हराएर जितेको नतिजा एकपछि अर्को गरी आइरहँदा जुम्लाबाट भने फरक समाचार आएको छ । जुम्लाको चन्दननाथ नगपालिकामा कांग्रेसका बागीले कांग्रेसलाई नै हराएर मेयर पद हत्याएका छन् ।
पार्टीले टिकट नदिएपछि कांग्रेसकै राजुसिंह कठायतले कांग्रेसका आधिकारिक उम्मेदवारलाई पराजित गरेका हुन् ।
कठायतले २४०३ मत ल्याउँदा पराजित कांग्रेसका आधिकारिक उम्मेदवार पदमबहादुर शाहीले २३४१ मत ल्याएका हुन् । शाही ६२ मतले पराजित भएका हुन् ।
२०७४ सालमा चन्दननाथमा कान्तिका सेजुवालले मेयर जितेकी थिइन् । कांग्रेसका आधिकारिक उम्मेदवार मेयरमा नजिते पनि उपमेयरमा कांग्रेसकी रामदेवी खड्का विजयी भइन् ।
कठायतले धाराे चुनाव चिन्हबाट मेयर जितेका हुन् । चितवनको भरतपुरमा पनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् ।
मेयरमा विजयी हुने कठायत पूर्वमन्त्री अदनसिंह कठायतका छोरासमेत हुन् । अदनसिंह पञ्चायतकालमा मन्त्री बनेका थिए ।
राप्रपामा छँदा २०५४ सालमा स्थानीय तहकै निर्वाचनमा टिकट नपाएपछि सिंहले स्वतन्त्रबाट जितेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया