बागमती नगरपालिकामा माओवादी केन्द्र विजयी
सर्लाही । सर्लाहीको बागमती नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
प्रमुख भरतकुमार थापा र उपप्रमुखमा लीलाकुमारी मोक्तान निर्वाचित भएका हुन् ।
थापाले नेकपा एमालेका टंकबहादुर बस्नेतलाई हराउँदै विजयी भएका हुन् । थापाले तीन हजार ९८९ र बस्नेतले ७ हजार ३६८ मत ल्याएका छन् ।
बागमतीसहित माओवादी केन्द्रले सर्लाहीमा चारवटा पालिकामा जित निकालेको छ ।
मोक्तान पनि दोस्रो कार्यकालका लागि उपप्रमुखमा निर्वाचित भएकी हुन् । उनले १० हजार ८७९ र एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत प्राप्त गरेकी थिइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया