गगन थापाका सबै वडामा कांग्रेस पराजित
काठमाडौं । कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रकै वडामै कांग्रेसले पराजय बेहोरेको छ ।
थापाको काठमाडौं क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगपालिकाका गरी १२ वटा वडा पर्छन् । यी १२ वटा वडाका कुनै पनि वडाध्यक्ष कांग्रेसले जित्न सकेन ।
बुढानिलकण्ठको मेयर र उपमेयर दुवै एमालेले जित्दा यो नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ मा कांग्रेस वडाध्यक्षमा नील हुनपुग्यो ।
यी सबै वडामा अध्यक्ष एमालेले आफ्नो पक्षमा पार्यो । वडा १ मा कांग्रेस दोब्बर मतले पराजित भयो । केही वडाबाहेक सबैमा भारी मतले कांग्रेस पराजित हुन पुगेको छ । संघीय निर्वाचन अघिकाे स्थानीय तहकाे निर्वाचनमा थापालाई अनपेक्षित परिणाम आइलागेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया