निर्वाचित घोषणा गरेको ६ दिनपछि नखोलिएको मतपेटिका भेटिएपछि….

काठमाडौं । ३१ वैशाखमा मतगणना गरेर अध्यक्ष निर्वाचित भएको घोषणा गरिए पनि महोत्तरीमा नखोलिएको मतपेटिका भेटिएको छ । महोत्तरी नगरपालिका ८ मा बिहीबार नखोलिएको मतपेटिका भेटिएको हो । तर यस अघि नै मतगणना सकिएर निर्वाचित वडाध्यक्ष घोषणा गरिसकिएको छ ।
परिणाममा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको घोषणा गरिएको थियो । समशेरसिंह लामाले एमालेका रुद्रबहादुर किङरिङ मगरलाई पराजित गरेको तथ्य आयोगले नै यस अघि दिएको थियो । यसैले लामालाई विजयी घोषणा गरिएको थियो ।
लामाले ७५१ मत ल्याउँदा पराजित मगरको ७४४ मत आएको छ । लामा जम्मा सात मतको अन्तरले विजयी घोषित भएका थिए । अन्तिम वडाका रुपमा ८ नम्बर वडाको मतगणना गर्ने क्रममा ९ को एउटा नखोलिएको मतपेटिका भेटिएको हो ।
कांग्रेस नेता कल्याण गुरुङले लापरवाहीको कारण यस्तो हुन सक्ने जानकारी दिए । ‘मत कति खस्यो भन्ने विवरण हुन्छ । गणना गर्दा कति पुगेन भन्ने पनि खोजी हुन्छ तर चरम लापरावाही देखिएको छ’ उनले भने, ‘एक हप्तापछि आएर मतपेटिका भेटियो भन्ने मैंले पनि सुनेको छु । तर जे भयो यो राम्रो काम भएन ।’
नगरमा भने स्वतन्त्रका प्रह्लादकुमार क्षेत्रीले चार हजार बढीको अग्रता लिएका छन् । माओवादीका राजु खड्का निक्कै पछाडि छन् । अब सर्वदलीय बैठक बसेर यो विषयमा निर्णय लिने तयारी भएको बुझिएको छ । मेयरमा असर नपर्ने भए पनि वडाध्यक्षकाे साँघुराे अन्तरकाे हारजितकाे विषय भने प्रभावित हुन सक्ने देखिएकाे छ ।
ताजा अपडेट
-
शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’ मै निकास खोजिँदै
-
‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’
-
जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
-
अर्थतन्त्रको संकटः संरचनागत अवरोध, कार्यान्वयनको कमजोर इच्छाशक्ति र अविश्वसनीय संस्थागत वातावरण
-
हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन, तोलकाे कति छ आज ?
प्रतिक्रिया