अर्थमन्त्रीको गृहनगर कांग्रेसको पोल्टामा
काठमाडौं । अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माको गृहनगर रहेको रुकुम पश्चिमको मुसिकोट नगरपालिका नेपाली कांग्रेसको पोल्टामा गएको छ ।
कांग्रेसका उम्मेदवार महेन्द्र केसीले ६ हजार ९१४ मत ल्याइ माओवादीका बसन्तकुमार शर्मालाई पराजित गरे । केसीले जम्मा १३ मतको अन्तरले शर्मालाई पराजित गरेका हुन् ।
उपमेयरमा एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुनमगर विजयी भएका छन् । मगर ६ हजार ४० मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका थलबहादुर ओलीले ५ हजार ९८५ मत ल्याए ।
मुसीकोटमा कांग्रेस र एमालेबीच तालमेल भएको थियो । माओवादीले एकीकृत समाजवादीसँग तालमेल गरेको थियो । कांग्रेसको विजयसँगै माओवादीको गढ भत्किएको छ ।
ताजा अपडेट
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती


प्रतिक्रिया