०७४ मा निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको पदावधि बिहीबार मध्यरातिबाट सकिएको छ ।
०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो । संविधानमा जनप्रतिनिधिको पदावधि निर्वाचित भएपछि पाँच वर्षसम्म रहने उल्लेख छ । तर पाँच वर्ष अवधि पुगिनसकेका जनप्रतिनिधि पनि बिहीबार रातिबाट निवर्तमान भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल ०७४ का जनप्रतिनिधिको बिहीबार मध्यरातबाट कार्यकाल सकिएको बताए ।
मतगणनामा विलम्ब हुँदा देशका केही स्थानीय तह भने जनप्रतिनिधिविहीन बनेका छन् । हालसम्म झण्डै ६०० स्थानीय तहको मात्र अन्तिम नतिजा सार्वजनिक भएको छ । धेरै मतदाता रहेका काठमाडौं, भरतपुर, विराटनगर, वीरगञ्जलगायत महानगरपालिकामा अन्तिम नतिजा आउन अझै केही लाग्ने देखिएको छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया