धनुषाको नगराइन नगरपालिका मेयरमा कांग्रेस, उपमेयरमा एमाले निर्वाचित
काठमाडौं । धनुषा जिल्लाको नगराइन नगरपालिकाको मेयर र उपमेयर पद नेपाली कांग्रेस र एमालेले बाँडेका छन् ।
मेयरमा कांग्रेसका विनयकुमार यादव र उपमेयरमा नेकपा एमालेकी राधादेवी यादवको पल्लाभारी भएको छ ।
यादव ५ हजार ५५६ मतका साथ यहाँ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मतमा स्तब्ध भए ।
नगराइनमा लोकतान्त्रिक समाजवादी पार्टीले राजेश चौधरीलाई मेयर उम्मेदवार बनाएको थियो । उनले २ हजार ७५८ मत हासिल गरे ।
उपमेयरमा भने एमालेकी राधादेवी यादवले जित निकालेकी छन् । कांग्रेसकी रञ्जुकुमारी साहलाई २०७ मतान्तरले पछि पार्दै यादव विजयी भएकी हुन् । यादव र साहले क्रमशः ५ हजार ७३० र ५ हजार ५२३ मत प्राप्त गरे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया