माधव नेपालको वडाका सबै पदमा एमालेको जित
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको वडाका सबै पदमा एमाले विजयी भएको हो । काठमाडौं महागनरपालिकाको वडा नम्बर ३२ मा वडाध्यक्षसहितका सबै पद एमालेले जितेको हो ।
समाजवादीका अध्यक्ष नेपालको कोटेश्वरसहितका आपसपासमा उनको दलले सदस्य पनि जित्न सकेन । वडा ३२ मा नवराज पराजुली एमालेबाट ५२२५ मत ल्याएर निर्वाचित भए ।
पराजुली वडाध्यक्ष भएको यो तेस्रोपटक हो । पराजित समाजवादीकी सीतादेवी कँडेल पराजुलीले ३१०८ मत ल्याइन् । एमालेले वडाध्यक्षसहित महिला, दतिल सदस्य सबै जितेको हो । गठबन्धन भएपनि नेपालको वडामा प्रभावकारी हुन सकेन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया