बालेन साढे १३ हजारभन्दा बढी मतले अगाडि, यी ९ वडाको मतगणना सकियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा मतान्तरमा बालेन शाह धैरै अघि बढेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेनले दोस्रो स्थानका एमालेका केशव स्थापित र तेस्रो स्थानकी गठबन्धनको तर्फबाट कांग्रेकी उम्मेदवार सिर्जना सिंहलाई धेरै पछि छोडेका छन् ।
बालेन स्थापितभन्दा १३५७० मतको फराकिलो मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो ।
बालेनले २८८८२ मत ल्याएका छन् भने स्थापितले १५३१३ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जनाले १४७९८ मत ल्याएकी छिन् ।
काठमाडौंको बाहिरी क्षेत्रबाट सुरु भएको गणनामा बालेनले सुरुवातीदेखि नै भारी मतको अग्रता बनाइरहेका छन् । बिहीबारदेखि भित्री क्षेत्रको गणना सुरु भएको छ ।
नेवार बाहुल्य वस्तीमा गणना सुरु भएकाले अब बालेनको वास्तविक परीक्षा सुरु भएको केहीथरी विश्लेषकहरूको भनाइ छ । यद्यपि, ती क्षेत्रमा पनि बालेनलाई सन्तुलित मत आइरहेको जनाइएको छ ।
काठमाडौं महानगरका ३२ वडामध्ये हालसम्म १,२,३,४,५, ८, २८, ३० र ३२ वडामा मतगणना सकिइसकेको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया