बालेन साढे १३ हजारभन्दा बढी मतले अगाडि, यी ९ वडाको मतगणना सकियो
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा मतान्तरमा बालेन शाह धैरै अघि बढेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेनले दोस्रो स्थानका एमालेका केशव स्थापित र तेस्रो स्थानकी गठबन्धनको तर्फबाट कांग्रेकी उम्मेदवार सिर्जना सिंहलाई धेरै पछि छोडेका छन् ।
बालेन स्थापितभन्दा १३५७० मतको फराकिलो मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो ।
बालेनले २८८८२ मत ल्याएका छन् भने स्थापितले १५३१३ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जनाले १४७९८ मत ल्याएकी छिन् ।
काठमाडौंको बाहिरी क्षेत्रबाट सुरु भएको गणनामा बालेनले सुरुवातीदेखि नै भारी मतको अग्रता बनाइरहेका छन् । बिहीबारदेखि भित्री क्षेत्रको गणना सुरु भएको छ ।
नेवार बाहुल्य वस्तीमा गणना सुरु भएकाले अब बालेनको वास्तविक परीक्षा सुरु भएको केहीथरी विश्लेषकहरूको भनाइ छ । यद्यपि, ती क्षेत्रमा पनि बालेनलाई सन्तुलित मत आइरहेको जनाइएको छ ।
काठमाडौं महानगरका ३२ वडामध्ये हालसम्म १,२,३,४,५, ८, २८, ३० र ३२ वडामा मतगणना सकिइसकेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया