विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री
काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले कतारमा हुने विश्वकप फुटबलका लागि महिला रेफ्रीसहित पदाधिकारीको सूची सार्वजनिक गरेको छ ।
फिफा रेफ्री समितिले सन् २०२२ को नोभेम्बरमा कतारमा हुने पुरुष फिफा विश्वकपमा तीनजना महिला रेफ्री र तीन महिला सहायक रेफ्रीलाई नियुक्त गरेको छ । फिफाले इतिहासमै पहिलाेपटक विश्वकप फुटबलका लागि महिला रेफ्रि नियुक्त गरेकाे हाे ।
तीन महिला रेफ्रीमा विश्वकप छनोट र च्याम्पियन्स लिगमा अफिसिएट खेलमा काम गरिसकेकी स्टेफनी फ्रापार्ट, अफ्रिका कप अफ नेसन्स, सिएफ महिला च्याम्पियन्स लिगलगायत अफ्रिकाका सबैभन्दा ठूला प्रतियोगिताहरूमा रेफ्री भइसकेकी सलिमा मुकानसाङ्गा र फिफा महिला विश्वकप र ग्रीष्मकालीन ओलम्पिकी योशिमी यामाशिता रहेका छन् । स्टेफनी फ्रान्सकी, सलिमा रुवान्डा र योशिमी यामाशिता जापानका हुन् ।
सहायक रेफ्रीहरूमा ब्राजिलबाट नेउजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथ्रिन नेस्बिट रहेका छन् ।
यसबाहेक खेलका लागि जम्मा ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ जना भिडियो म्याच अधिकारीहरु नियुक्त गरिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया