झापामा पहिलो महिला मेयर निर्वाचित

दमक । झापामा पहिलो महिला नगरप्रमुख निर्वाचित भएकी छन् ।
नेकपा एमालेकी उम्मेदवार पवित्रा महतारा प्रसाईंले गठबन्धनका कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७ सय ५८ मतान्तरले पराजित गर्दै बिर्तामोड नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी हुन् ।
प्रसाईं जिल्लामा पहिलो महिला मेयर बनेकी छन् । उनले १६ हजार ५ सय २० मत र उनका निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत पाए ।
उपमेयरमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका छन् । उनले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई पराजित गरे ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया