स्थानीय तह परिणाम : एमाले र माओवादीको जोड्दा बल्ल कांग्रेसको जति

काठमाडौं । स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लैले तीन सय स्थानीय तहको नेतृत्व जितेको छ । देशभरका प्रमुख र अध्यक्ष गरी कांग्रेसले तीन सय पालिकाको नेतृत्व जितेको हो ।
तर दोस्रो स्थानमा रहेको एमाले र माओवादीले पनि तीन सय नै जितेका छन् । एमालेले १८५ र माओवादीले ११५ गरी ठ्याक्कै तीन सय पालिकाको नेतृत्व जितेका हुन् । जुन कांग्रेसको बराबर हो ।
यी तीन दलबाहेक अन्यले २६, जनता समाजवादी पार्टीले २२, नेकपा एकीकृत समाजवादीले १५ र लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिकाको नेतृत्व जितेको हो ।
२०७४ सालको निर्वाचनमा एमालेले २९४, कांग्रेसले २६६ र माओवादीले १०६ तह जितेका थिए । यसपटक कांग्रेसले पहिले जितेकोभन्दा ३४ पालिका थप जितेको छ । अझै गणनामा २४ ठाउँमा अगाडि पनि छ ।
तर एमालेले पहिलेकोभन्दा ११० तह कम जितेको छ । १७ ठाउँमा अग्रता छ । यी अग्रता लिएको मध्ये १५ मात्रै जित्यो भने पनि एमालेले बल्ल २०० पालिका पुर्याउनेछ । जुन अघिल्लाेपटककाे भन्दा एकसय हाराहारले नै कम हाे ।
माओवादीले पहिले १०६ तह जितेकोमा यसपटक १० तह बढी जितेको छ । अझै ८ तहमा अग्रता बनाइरहेको छ । यस्तोमा पहिलेको भन्दा माओवादीको पनि १५ तह बढी जित हुने देखिएको हो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया