कांग्रेसले टिकट नदिएपछि २३ वर्षीय युवाले स्वतन्त्रबाट हराए गठबन्धनका उम्मेदवार

काठमाडौं । कांग्रेस-माओवादी सत्ता गठबन्धनलाई हराउँदै २३ वर्षीय नविनकुमार तामाङ निर्वाचित भएका छन् ।
उदयपुरको कटारी नगरपालिका–८ को अध्यक्षमा निर्वाचित भएका तामाङले गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार बनेका कमलबहादुर श्रेष्ठलाई हराउँदै विजय हासिल गरेका हुन् ।
शनिबार सार्वजनिक मतपरिणामअनुसार तामाङले १२ मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन् । तामाङले ५ सय ५३ र श्रेष्ठले ५ सय ४१ मत ल्याएका छन् । उनले स्थानीय तहमा गठबन्धन गर्न नहुने भन्दै यसको व्यापक विरोध गरिरहेका थिए ।
नेपाली कांग्रेसले टिकट नदिएपछि तामाङ स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा सक्रिय भएका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया