तिलोत्तमामा रोमाञ्चक प्रतिस्पर्धा, कांग्रेसका खाँणको साँघुरो अग्रता

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कांग्रेस र एमालेका उम्मेदवारबीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । मेयरका उम्मेदवारमा कांग्रेसका रामकृष्ण खाँण र एमालेका मोहन चापागाईंबीच रोचक प्रतिस्पर्धा चलिरहेको हो ।
आज बिहानसम्मको मतगणनामा कांग्रेसका खाँणले साँघुरो अग्रता लिएका छन् । खाँणले १० हजार ५ ६२ मत ल्याउँदा एमालेका चापागाईं ६३ मतले पछि परेका छन् । उनले १० हजार ४९९ मत ल्याएका छन् । अघिल्लोपटक एमालेले जितेको तिलोत्तमा यसपटक दुई नेताबीच निरन्तर तीव्र प्रतिस्पर्धा हुँदै आएको छ ।
कांग्रेस उम्मेदवार खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइसमेत हुन् ।
उपमेयरमा भने एमालेकी जागेश्वरीदेवी चौधरीले भारी अग्रता लिइरहेकी छिन् । माओवादी उम्मेदवार हेमलाल पाण्डेभन्दा उनी ५ हजार १८९ मत ले अगाडि छन् ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया