गठबन्धन परास्त गर्दै धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी
धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनलाई परास्त गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका नृपबहादुर ओडलाई पराजित गर्दै हमाल विजयी भएका हुन् । ओड धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् । उनले अघिल्लो निर्वाचनमा हमाललाई २ हजार ७ सय मतान्तरमा पराजित गरेका थिए ।
यसपटक हमालले २६ हजार ८६५ मतका साथ जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ओडले १४ हजार ८१७ मत हासिल गरे ।
यहाँ एमालेका रणबहादुर चन्द तेस्रो भए । उनले हासिल गरेको मत ९ हजार ११५ छ ।
उपमेयर भने एमालेको पोल्टामा परेको छ । माओवादी केन्द्रकी शान्ति अधिकारीलाई पराजित गर्दै एमालेकी कन्दकला राना विजयी भएकी हुन् ।
रानाले १५ हजार ४७९ मत पाइन् भने अधिकारी १२ हजार ६७० मतमा रोकिइन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत हासिल गरेकी छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया