गठबन्धन परास्त गर्दै धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनलाई परास्त गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका नृपबहादुर ओडलाई पराजित गर्दै हमाल विजयी भएका हुन् । ओड धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् । उनले अघिल्लो निर्वाचनमा हमाललाई २ हजार ७ सय मतान्तरमा पराजित गरेका थिए ।
यसपटक हमालले २६ हजार ८६५ मतका साथ जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ओडले १४ हजार ८१७ मत हासिल गरे ।
यहाँ एमालेका रणबहादुर चन्द तेस्रो भए । उनले हासिल गरेको मत ९ हजार ११५ छ ।
उपमेयर भने एमालेको पोल्टामा परेको छ । माओवादी केन्द्रकी शान्ति अधिकारीलाई पराजित गर्दै एमालेकी कन्दकला राना विजयी भएकी हुन् ।
रानाले १५ हजार ४७९ मत पाइन् भने अधिकारी १२ हजार ६७० मतमा रोकिइन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत हासिल गरेकी छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया