रेनुको अग्रता थप फराकिलो, सुवेदीलाई कमब्याक गर्न झनै कठिन

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी रेनु दाहालले लिएको अग्रता थप फराकिलो बन्दै गएको छ । उनी एमालेका विजय सुवेदीमाथि ७७६८ मतले अघि रहेकी छिन् । यसअघि ७३८८ मतले अगाडि रहेकी रेनुको अगग्रता झनै बढेको हो ।
रेनुले ३६१२६ मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले २८३५८ मतमात्र ल्याएका छन् । यसले गर्दा अब सुवेदीलाई कमब्याक गर्न गाह्रो हुने देखिन्छ ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२०३० मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।
यसैगरी, रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
सुरुमा सुवेदी र रेनुबीच झिनो अन्तरले अग्रता फेरबदल भइरहेको थियो । अहिले भने रेनु अगाडि बढ्दै गएकी हुन् ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया