मिलान ११ वर्षपछि सिरी ए च्याम्पियन

काठमाडौं । एसी मिलान ११ वर्षपछि इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । पछिल्लोपटक सन् २०१०–११ मा मिलानले यो उपाधि जितेको थियो ।
आइतबार राति भएको आफ्नो अन्तिम लिग खेलमा सासोउलोलाई ३–० गोल अन्तरले हराउँदै मिलान १९ औँपटक सिरी ए च्याम्पियन बनेको हो ।
मिलानलाई जित दिलाउन ओलिभर जिरुडले दुई तथा फ्रान्क केस्सीले एक गोल गरे ।
यस जितसँगै मिलानले ३८ खेलमा ८६ अंक जोड्यो ।
मिलानले दोस्रो स्थानको साविक विजेता इन्टर मिलानलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो ।
सासोउलो भने ५० अंक जोडेर ११ औं स्थानमा रह्यो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया