मिलान ११ वर्षपछि सिरी ए च्याम्पियन
काठमाडौं । एसी मिलान ११ वर्षपछि इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । पछिल्लोपटक सन् २०१०–११ मा मिलानले यो उपाधि जितेको थियो ।
आइतबार राति भएको आफ्नो अन्तिम लिग खेलमा सासोउलोलाई ३–० गोल अन्तरले हराउँदै मिलान १९ औँपटक सिरी ए च्याम्पियन बनेको हो ।
मिलानलाई जित दिलाउन ओलिभर जिरुडले दुई तथा फ्रान्क केस्सीले एक गोल गरे ।
यस जितसँगै मिलानले ३८ खेलमा ८६ अंक जोड्यो ।
मिलानले दोस्रो स्थानको साविक विजेता इन्टर मिलानलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो ।
सासोउलो भने ५० अंक जोडेर ११ औं स्थानमा रह्यो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया