भीम रावलको नगरमा एमालेको लज्जास्पद हार, मेयरमा कांग्रेस र उपमेयरमा एस विजयी
काठमाडौं । अछामको साँफेबगर नगरपालिकामा एमाले नेता डा. भीम रावललाई ठूलो धक्का लागेको छ । रावलको गृहनगरसमेत रहेको नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एकीकृत समाजवादी विजयी भएका छन् ।
मेयरमा कांग्रेसका राजेन्द्रबहादुर कुँवर ७ हजार २६५ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेकी छन् ।
त्यस्तै उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भए । कुँवरले ६ हजार ४३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रंग ठकुल्लाले ५ हजार ३१४ मत पाए । गत निर्वाचनमा मेयरसहित ८ वडाध्यक्ष जितेको एमाले योपटक ३ वडामा सिमित भएको छ ।
सुदूूरपश्चिका प्रभावशाली नेता रहेका रावल एमाले विभाजनसँगै कमजोर देखिएका छन् । एमालेमा लामो समय माधव निकट भएर काम गरेका रावल माधवसमूह गलग भएपछि उनी एमालेमै बसेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया