हर्क साम्पाङलाई सबैले सघाउनुपर्छ : विश्वप्रकाश
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले धनगढी, धरानसहितमा आएको स्वतन्त्रको जितको सन्देशलाई मुख्य दलहरूले आत्मसात गर्नुपर्ने बताएका छन् ।
बुलेटबाट उदाएकालाईसमेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेटबाट आएकालाई सहज रुपमा आत्मसात गर्नुपर्ने बताएका हुन् । सामाजिक संजालमा लेख्दै शर्माले एक्लै हिँडेका छन् भन्दै प्रश्न नगरी जनताको हितमा काम गर्न सबैले सघाउनुपर्ने बताएका हुन् ।
‘हर्क साम्पाङहरुलाई बधाई ! ‘बुलेट’ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ‘ब्यालेट’बाट आएकालाई सहज आत्मसात गर्नुपर्छ’ शर्माले भनेका छन्, ‘धरान,धनगढी या कहिँपनि स्वतन्त्रको जीतले मुख्य दलहरुलाई दिएको सन्देश हामीले आत्मसात गर्नुपर्छ । एक्लै जितेका छन्, कसरी काम गर्लान् ? यस्तो प्रश्न नगरी जनताको हितमा काम गर्न सबैले सघाउनु पर्छ ।’
धरानमा एमाले र कांग्रेसको प्रभावको अन्त्य गर्दै स्वतन्त्रका हर्कराज साम्पाङ मेयरमा निर्वाचित भएपछि उनको चौतर्फी चर्चा छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया