विजय र्यालीमा सहभागी हुन गाउँपालिका अध्यक्षले दिए सार्वजनिक बिदा
काठमाडौं । आफ्नो जितमा विजय उत्सव मनाउन सप्तरीको एक गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले सार्वजनिक बिदा दिने निर्णय गराएका छन् । सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गराएका हुन् ।
रूपनीका प्रमुख प्रशासकीश अधिकृत अरविन्द कुमार चौधरीले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशअनुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघ–संस्था, शिक्षण संस्था र स्वास्थ्यलगायत सम्पूर्ण कार्यालयहरूमा आज सोमबार बिदा दिएको जनाएका छन् ।
गाउँपालिकाको निर्णयपछि आज त्यसको क्षेत्राधिकारभित्रका सबै सरकारी कार्यालय बन्द भएका छन् ।
स्थानीय तहमा सार्वजनिक बिदा दिन पाउने अधिकारको दुरूपयोग हुँदै आएका छन् । कतिसम्म भने स्थानीय तहले संघका प्रधानमन्त्री, मन्त्री, शीर्ष नेतालगायत जाँदा पनि बिदा दिने गरेका छन् ।

ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया