आरजुको क्षेत्रमा स्वतन्त्रबाट मेयर जितेका हमाल भन्छन्, ‘मलाई उद्घाटनमा नबोलाउनुहोस्’
काठमाडौं । कांग्रेसको गढ मानिने धनगढी उपमहानगरपालिकामा सोही पार्टीका उम्मेदवारलाई भारी अन्तरले हराएर चर्चामा आएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आमजनतालाई विशेष अनुरोध गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत उनले जनताको जिम्मेवारी पूरा गर्न आफू आजैदेखि लागेको बताउँदै अत्यावश्यक कामबाहेक अन्यत्र आफूलाई नबोलाउन आग्रह गरेका छन् ।
हमालले उद्घाटन, सभा, सेमिनार, स्वागत, सम्मानजस्ता कार्यक्रममा आफूलाई नअल्झाइ जनताको काम गर्ने वातावरण बनाइदिन अनुरोध गरेका छन् ।
हमालले गठबन्धनको तर्फबाट उठेका कांग्रेसका उम्मेदवार नृपबहादुर ओडलाई झण्डै १२ हजारको भारी अन्तरले हराएका थिए । धनगढी कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको चुनावी क्षेत्र हो ।
स्वतन्त्र उम्मेदवारी दिएर गठबन्धनलाई हराउँदै धनगढीको मेयर बनेका हमाल को हुन् ? – NepalWatch
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया