१२० तह बढी जित्दै कांग्रेस पहिलो हुँदा, अहिलेसम्म कुन दलले कति जिते ?
काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत ७३० भन्दा बढी तहको नतिजा आएको छ । जसमा ३२१ तहसहित कांग्रेस पहिलो स्थानमा रहेको छ । कांग्रेसले अघिल्लोपटक २६६ स्थानीय तहको नेतृत्व जितेको थियो ।
अघिल्लोपटक २९४ तह जितेको एमाले यसपटक २०० तह जितेको छ । माओवादी १०६ बाट बढेर १२० तह जित्न सफल भएको छ ।
जसपाले २९, एकीकृत समाजवादीले १८, लोसपाले १५, राप्रपा, राष्ट्रिय जनमोर्चा र ४४ पालिका जितेका छन् । स्वतन्त्रले ११ तह जित्दा अन्य तीन दलले एकएक तहको नेतृत्व जितेका छन् ।
अझै १५ बढी तहको परिणाम आउन बाँकी छ । यो परिणामले दलहरूको यो अनुपातलाई खासै प्रभावित गर्ने देखिएको छैन ।
अहिलेसम्म १३ दलले स्थानीय तहमा आफ्नो उपस्थिति देखाएका हुन् । ११ तहमा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन् ।
एमालेविरुद्ध गठबन्धन बनाएका कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादीसहितलाई यसपटक फाइदा पुगेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया