अब महिला आइपिएल पनि सुरु हुने

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड, बिसिसिआईले अब पुरुषजस्तै महिला क्रिकेटरका लागि पनि आईपिएलको ढोका खोलेको छ ।
अब महिला क्रिकेटकाे क्षेत्रमा महत्त्वपूर्ण निर्णय गर्दै सन् २०२३ देखि महिला क्रिकेट खेलाडीका लागि छुट्टै आईपिएल आयोजना गरिने भएकाे हाे । यसमा ६ टोली सहभागी हुनेछन् । यसलाई ‘वुमेन्स टी-२० च्यालेन्ज’ को सट्टा ‘महिला आईपिएल’ भनिनेछ । बिसिसिआईले सन् २०१८ देखि महिला टि-२० च्यालेन्जको आयोजना गर्दै आएको छ ।
महिला टि-२० को अन्तिम संस्करण सन् २०२० मा आयोजना भएको थियो । त्यसपछि अब बिसिसिआईले तीन टोलीबीच ‘महिला टी-२० च्यालेन्ज’आयोजना गर्दैछ । यी तीन टोलीको नाम ‘आईपीएल सुपरनोभा’, ‘आईपीएल ट्रेलब्लेजर’ र ‘आईपीएल भेलोसिटी’ हो ।
यी खेलहरू मे २३ देखि २८ सम्म खेलाइने छन् । खेलहरू राउण्ड रोबिनका आधारमा खेलाइने र अन्तिम दुई टोलीको नतिजा आएपछि निर्णय हुनेछ । भारतकी हरमनप्रीत कौर आईपिएल सुपरनोभाको कप्तान, स्मृति मन्धाना आईपिएल ट्रेलब्लेजरको कप्तान र दिप्ती शर्मा आईपिएल भेलोसिटीको कप्तान हुन् ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया