काठमाडौं-२२ मा एमालेका महर्जन विजयी
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय भएका छन् ।
महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन ।
महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी भएका छन् । महिला सदस्यमा कांग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेकी गीता परियार यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन् ।
काठमाडौं नगरपालिकामा हालसम्मा एक लाख ४५ हजार ३६२ मत गणना गर्दा पाँच हजार ६४३ मत बदर भएको मुख्य निर्वाचन अघिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ ।
काठमाडौंका १,२,३,४,५,३१ र ३२ मा एमाले विजयी भएको छ भने ६,७,८,२७, २८, २९ र ३० वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
काठमाडौंमा १४ वटा वडाको नतिजा सार्वजनिक, एमाले र कांग्रेस ७/७ वडामा विजयी
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया