बालेनलाई बधाई दिँदै सिर्जनाले भनिन्– रचनात्मक साथ सधैं रहनेछ
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रहेकी सिर्जना सिंहले बालेन्द्र साह (वालेन) लाई बधाई दिएकी छन् ।
काठमाडौंको अन्तिम परिणाम सार्वजनिक भएको केही घण्टापछि उनले बालेनलाई बधाई दिएकी हुन् ।
उनले लोकतान्त्रिक अभ्यासको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको उल्लेख गर्दै निर्वाचित मेयर साहलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।
सिंहले मत जित्न नसके पनि नगरवासीको मन जितेको भन्दै मतदातालाई धन्यवाद व्यक्त गरेकी छन् ।
‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकेँ,’ उनले भनिन् ।
काठमाडौं महानगरपालिकाको दुई सातापछि सकिएको अन्तिम मतगणनामा बालेन साह ६१ हजार ७६७ मतका साथ विजयी भएका छन् । दोस्रो भएकी सिंहले ३८३४१ मत हासिल गरिन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया