उपमेयरमा निर्वाचित सुनिता भन्छिन् : शासक होइन सेवक भएर कर्तव्य पूरा गर्छु
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित सुनिता डंगोलले आफूलाई विश्वास गरेर विजयी गराउने सबैको भरोसा टुट्न नदिने बताएकी छन् ।
उनले एक विज्ञप्तिमार्फत् आफूमाथि गरेको परीक्षामा सफल हुनैपर्ने महत्वपूर्ण जिम्मेवारी पाएको अनुभूति गरेको बताएकी छन् साथै आफ्ना कार्यभारहरु इमान्दारिताका साथ कर्तव्यनिष्ठ भई पूरा गर्ने पनि बताएकी छन् ।
उनले मतदाता एवं काठमाडौंबासीको विश्वासलाई शीरमा राख्दै शासक नभइ सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले काठमाडाैं र विकासका लागि आफू कहिले पनि बाधक नबन्ने बनाएकी छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया