बजेटबारे धेरै ठूलो प्रतिरक्षा गर्नुपर्ने छैन : रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बजेट बारे धेरै ठूलो प्रतिरक्षा गर्नुपर्ने नभएको बताएका छन् । प्रतिनिधिसभामा बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै रिजालले विपक्षी नेतालाई गत वर्षकाे बजेट स्मरण गरेरमात्रै बजेटबारे बाेल्न भनेका हुन् ।
‘कमसेकम यो बजेट संसदभित्र आएको छ । अघिल्लो वर्ष संसदलाई छलेर बजेट ल्याउने साथीहरु धेरै आक्रामक हुन जरुरी छैन । बजेटका बारे धेरै ठूलो प्रतिरक्षा गर्नुपर्ने पनि छैन’, उनले भने ।
साथै रिजालले बजेटले सही प्राथमिकतामा आधारित कार्यक्रमहरु ल्याएको बताए ।
अहिलेको अवस्थामा ल्याउन मिल्नेजस्तो बजेट आएको भन्दै उनले बजेटको मूल दिशा ठिक भएको बताएका छन् ।
उनले एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भूमिका फेरिनेबित्तिकै देशको अर्थतन्त्रका विषयमा आकाश र जमिनको फरक हुने गरी कुरा नगर्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया