निर्वाचित भएको एक हप्तामै पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्षको भागाभाग
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । निर्वाचित भएको हप्तादिनमै वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठविरुद्ध ठगी तथा फौजदारी आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो ।
वडाध्यक्षा श्रेष्ठविरुद्ध सरकारी जग्गा बैना गरी कीर्ते गरेको आरोप लागेको छ । यसै आरोपमा उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
उक्त मुद्दामा केशवप्रसाद अधिकारी र ईश्वर गाइँजुलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर वडाध्यक्ष श्रेष्ठसहित चार जना भने फरारको सूचीमा छन् ।
प्रहरीले फरार रहेको भनिएका श्रेष्ठ नियमित कार्यालय आइरहेको उनीनिकटहरूको भनाइ छ । तर, सेवाग्रहीहरूले भने उनलाई भेट्न नसकिरहेको बुझिएको छ ।
श्रेष्ठ गत स्थानीय तह निर्वाचनमा चाँगुनारायण नपा ७ नम्बर वडाको अध्यक्षमा राप्रपाबाट निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया