नेसन्स लिग : साविक विजेता फ्रान्सलाई समूह चरण कट्नै मुस्किल

काठमाडौं । साविक विजेता फ्रान्स जारी युइएफए नेसन्स लिग फुटबलको दोस्रो चरण अर्थात सेमिफाइनलमा नपुग्ने खतरा बढेको छ । दोस्रो खेलमा पनि बराबरीमा रोकिएपछि विश्वविजेतासमेत रहेको फ्रान्सलाई सेमिफाइनल समीकरण पूरा गर्न कठिन बनेको हो ।
गएराति भएको खेलमा फ्रान्सले विश्वकपको उपविजेता क्रोएसियासँग १–१ गोलको बराबरी खेल्यो । पहिलो खेल डेनमार्कसँग घरेलु मैदानमै २–१ ले पराजित भएको फ्रान्सका लागि सेमिफाइनलमा पुग्ने सम्भावना झनै कठिन बन्दै गएको हो ।
फ्रान्सले सुरुआती अग्रता जोगाउन नसक्दा बराबरी खेलेको हो ।
खेलको ५२ औं मिनेटमा एड्रियन राबिएटले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ८३ औं मिनेटमा एन्द्रेज क्रामारिचले पेनाल्टीबाट गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याए ।
लिग एको समूह १ मा रहेको फ्रान्स एक अंकका साथ तेस्रो स्थानमा छ । दुई खेलमा शतप्रतिशत जित निकालेको डेनमार्क ६ अंकका साथ शीर्ष स्थानमा छ । एक जित र एक हार व्यहोरेको अष्ट्रिया तीन अंकका साथ दोस्रो स्थानमा छ । एक बराबरी र एक हारको नतिजा आत्मसात गरेको क्रोएसिया फ्रान्ससँग गोल अन्तरमा पछि पर्दै एक अंकका साथ अन्तिम स्थानमा छ ।
हरेक समूहबाट एउटा टोलीमात्र सेमिफाइनलमा पुग्ने भएकाले फ्रान्सको यात्रा कठिन बन्दै गएको छ । अब चार खेल खेल्न बाँकी छ । यस्तोमा फ्रान्सको सम्भावना सकिएको भने छैन । तर, डेनमार्कले सुखद नतिजा ल्याए विश्वविजेता फ्रान्स समूह चरणबाटै बाहिरिने छ ।
फ्रान्स सन् २०२०–२१ को विजेता हो । यसअघिको पहिलो संस्करणको उपाधि भने पोर्चुगलले जितेको थियो ।
रोनाल्डोका दुई गोलसँगै पोर्चुगलको सहज जित – NepalWatch
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया