नेपाल र क्यानडाबीचको खेल रद्द
काठमाडौं । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय क्रिकेट खेल रद्द भएको छ ।
घरेलु टोली क्यानडासँग किङ सिटी स्टेडियममा तय खेल टससमेत नभइ वर्षाका कारण रद्द भएको हो ।
दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ ।
विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।
नेपालले सुरुवाती दुई अभ्यास खेलमा क्यानडाकै ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन र ५५ रनले हराएको थियो । यीमध्ये पहिलो एकदिवसीय र दोस्रो टि–२० थिए ।
क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ ।
नेपालले त्यहाँ घरेलु टोली स्कटल्याण्ड र नामिबियासँग विश्वकप लिग टू अन्तर्गतका खेल खेल्नेछ ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया