नेपाल र क्यानडाबीचको खेल रद्द
काठमाडौं । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय क्रिकेट खेल रद्द भएको छ ।
घरेलु टोली क्यानडासँग किङ सिटी स्टेडियममा तय खेल टससमेत नभइ वर्षाका कारण रद्द भएको हो ।
दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।
नेपालले सुरुवाती दुई अभ्यास खेलमा क्यानडाकै ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन र ५५ रनले हराएको थियो । यीमध्ये पहिलो एकदिवसीय र दोस्रो टि–२० थिए ।
क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ ।
नेपालले त्यहाँ घरेलु टोली स्कटल्याण्ड र नामिबियासँग विश्वकप लिग टू अन्तर्गतका खेल खेल्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया