यस्ता छन् स्थानीय तह निर्वाचनमा एमाले खुम्चिनुका प्रमुख चार कारण
काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुको प्रमुख चार कारण औंल्याएको छ । अन्य पार्टीको तुलनामा एमाले सर्वाधिक लोकप्रीय र ठूलो भएपनि आन्तरिक व्यवस्थापनको कमजोरी र सत्ता गठबन्धनले राज्यसत्ताको दुरूपयोग गर्दा समस्या उत्पन्न भएको निष्कर्ष निकालेको छ ।
असार २६ मा एमालेले स्थानीय तह निर्वाचन परिणामको समीक्षासहित अन्तर पार्टी निर्देशन–४ जारी गरेको छ । निर्वाचनमा पार्टी दोस्रो हुनुमा उसले बुँदागत निष्कर्ष निकालेको हो ।
१. पार्टी एकीकरणको तयारी, एकीकरण लगत्तै केन्द्री समिति भंग भएकोले समिति बिहिन अवस्था, आन्तरिक किचलोको कारण समस्या उत्पन्न भएको निष्कर्ष निकालेको छ ।
२.उम्मेदवार छनोटमा पनि कमजोरी भएको स्वीकार गरेको छ । कतिपय ठाउँमा उम्मेदवार छनोट गर्दा लोकप्रीय भन्दा पनि निकटतम व्यक्तिलाई छनोट हुँदा त्यसको प्रतिकुल प्रभाव परेको उल्लेख छ ।
३. एमालेले योपटक कहिल्यै नदेखिएको असमझदारी, अन्तर्घात र असहयोग पार्टीभित्र देखिएको निष्कर्ष निकालेको छ ।
४. पार्टी पटक–पटक सरकारमा सहभागी भएर अनुभव बटुलेपनि मतदातालाई आकर्षित गर्ने प्रभावकारी कार्यक्रम दिन नसकेको, सत्ता गठबन्धनले फैलाएको भ्रम चिर्न नसकिएको, मतदाता शिक्षा, प्रचारप्रसारमा कमजोरी रहेको उल्लेख गरेको छ ।
यस्तो छ एमालेले जारी गरेको अपानी–४
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया