कांग्रेस सप्तरी सभापतिको चुनाव मंगलबार, को–को छन् प्रतिस्पर्धा
काठमाडौं । नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मङ्गलबार हुने भएको छ । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मङ्गलबार गरिने निर्णय भएको छ ।
शनिबार विवादबीच स्थगित भएको उक्त निर्वाचन मङ्गलबार गरिने कांग्रेसले जनाएको छ । यसअघि निर्वाचन समितिले निर्वाचनस्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिबार दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि स्थगित भएको थियो ।
पटक–पटक समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखि हुने भनिएकामा १० बजेदेखि मात्र सुरु भएको थियो ।
रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचनस्थलमा व्यवस्थापनबारे विवाद उत्पन्न भएको थियो । नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया