उदयपुरमा पुन मतदानको माग
काठमाडौं । खसेको मत भन्दा बढी मत प्राप्त भएको भन्दै उदयपुरमा पुन मतदानको माग राखिएको छ ।
प्रदेशको प्रत्यक्ष तर्फ १ सय मतपत्र प्रतिनिधि सभा तर्फको मत गणनामा फेला पारेको भन्दै एमाले लगायतका ९ दलले पुन मतदानको माग गरेका छन् । उनिहरुले पुन ः मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

जिल्लामा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं १ तथा प्रदेश सभा निर्वाचन क्षेत्र १(१) र १ (२) मा खसेको मत भन्दा बढी मत्र प्राप्त भएको, निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्रमा छाप लगाएको एकमुष्ठ १०० थान मतपत्रमा फेला पारेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यता गठबन्धनले भने फेला परेको मतपत्र रद्ध गरी सोही मतदान जारी राख्नु पर्नेमा जोड दिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया