गठबन्धन फुटाउन अझै ठूलो षड्यन्त्र भइरहेको छ: अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकिकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले गठबन्धन तोड्न अझैपनि षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् । केन्द्रीय कमिटीको पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै उनले गठबन्धन तोड्ने षड्यन्त्रमा ओली सक्रिय भएको आरोप लगाए ।
‘गठबन्धन तोड्न अहिले पनि ठुलो षड्यन्त्र भइरहेको छ । हामीले यी सबै बुझेर सशर्त देउवालाई समर्थन गरेका हौं’, उनले भने, ‘हामीलाई कमजोर बनाउने, एकीकृत समाजवादी पार्टीलाई मान्यता नदिन ओली सक्रिय भइरहेका छन् । यी सबै षड्यन्त्रलाई तोडेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’
एमसिसीलाई संसदमा पहिलो पटक प्रस्ताव गर्ने ओली भएको आरोप लगाउँदै पास गर्न पनि एमालेले स्वीकृति दिएको दावी गरे । आजदेखि कार्की पार्टी प्यालेसमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा स्थानीय तह चुनावको तयारी, एमसिसीमा देखिएको विवाद र समसामाहिक राजनीतिक विषयमा छलफल केन्द्रीत हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठक भोलि सकिनेछ ।
१५ फागुनमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी संसदबाट अनुमोदन भएपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायत नेताहरू असन्तुष्ट छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया