अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै
काठमाडाैं । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस आज मनाइँदैछ । ‘बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।
नेपालमा प्रजनन उमेरका २० प्रतिशत महिलाले मात्रै सुरक्षित तवरले महिनावारी प्याड प्रयोग गर्ने गरेको पाइएको छ । कम गुणस्तरको प्याडको प्रयोग, लामोसमय एउटै प्याडको प्रयोग वा पुराना घरायसी कपडाको निरन्तर प्रयोग असुक्षित हुने स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् ।
तर अधिकांस महिलाले आर्थिक अभावकै कारण सुरक्षित रुपमा प्याड प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । यो समस्या ग्रामीण भेगमा बढी देखिएको छ ।
३ वर्ष अघि ६५ रूपैयाँ पर्ने प्याड अहिले १ सय ४० रूपैयाँ पर्छ । सरकारले अहिले प्याड आयातमा १ दशमलव ५ प्रतिशत मात्र कर लगाएको छ भने कच्चा पदार्थमा १ प्रतिशत भन्सार महशुल घोषणा गरिएको छ । तर केहि कच्चा पदार्थमा अतिरिक्त कर भने ३० प्रतिशतभन्दा बढी छ । तर सरकारी करका कारण स्वदेशमै उत्पादित प्याड आयातित भन्दा महँगो हुने गरेको छ ।
नेपालमा प्याड निःशुल्क गर्नुपर्ने माग बेलाबेलामा उठ्ने गरेको भए पनि सरकारले बेवास्ता गर्दै आएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया