NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एमसिसी पारितपछि पहिलो पटक प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि आज पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।

आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभामा एमालेको अवरोध लामो समयदेखि जारी छ । एकीकृत समाजवादीका १५ सांसद्माथि कारबाही र सभामुखविरुद्ध महाभियोगको मागसहित उसले लगातार संसद् अवरोध गरिरहेको छ । एमसिसी पारित गर्ने दिन पनि एमाले प्रक्रियामा सहभागी नभई नाराबाजीमा उत्रिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष