एमसिसी पारितपछि पहिलो पटक प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि आज पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।
आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिनिधिसभामा एमालेको अवरोध लामो समयदेखि जारी छ । एकीकृत समाजवादीका १५ सांसद्माथि कारबाही र सभामुखविरुद्ध महाभियोगको मागसहित उसले लगातार संसद् अवरोध गरिरहेको छ । एमसिसी पारित गर्ने दिन पनि एमाले प्रक्रियामा सहभागी नभई नाराबाजीमा उत्रिएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया