बारामा नेतृत्व चयनका लागि भएको कांग्रेसको मतदान रद्द

काठमाडौं । नेपाली कांग्रेसको बारा जिल्लाको नेतृत्व चयनका लागि भएको मतदान रद्द गरिएको छ । मतदानमा अनियमितता भएको भन्दै शनिबार भएको मतदान रद्द गरिएको हो ।
नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले मतदानमा अनियमितता देखिएकाले त्यसलाई रद्द गरिएको जनाएको छ ।
‘मतदानमा देखिएको व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भई मतदान कार्य अघि बढाउन कठिन र असहज भएकाले आजको यसै सूचनासाथ अर्को सूचना नआउञ्जेलसम्मका लागि सम्पूर्ण प्रक्रिया रद्द गरिएको सूचित गर्दछु,’निर्वाचन अधिकृत राजकुमार उप्रेतीद्वारा जारी सूचनामा भनिएको छ ।
पुनः मतदान हुने बताइए पनि मिति भने तोकिएको छैन । त्यसका लागि बैठक बोलाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया